१५ चैत्र २०८०, बिहिबार
Header

२ हजारसम्म तलब भुक्तानी लिन प्यान नचाहिने


प्रकाशित: मंगलवार, ३ भाद्र २०७६, ११ः३० बजे
- महानगरखवर

काठमाडौं । दुई हजार रपियाँसम्म तलब भुक्तानी लिनको लागि प्यान नम्बर अनिवार्य नहुने भएको छ ।


सरकारले नयाँ आर्थिक बर्षदेखि सबैलाई प्यान अनिवार्य गरेपछि व्यवसायीहरु उक्त निर्णयको विपक्षमा उत्रेपछि सरकारले सामाधानको लागि कार्यदल बनाएको थियो । 


दैनिक ज्यालादारी गर्ने मजदुर र पटके काम गर्ने कामदारलाई एक पटकमा २ हजारभन्दा कमको भुक्तानीमा प्यान नम्बर लिनु नपर्ने भएको हो । 


सोमबार बसेको कार्यदलको पाँचौ बैठकले गरेको यस निर्णयलाई सुझावको लागि पठाइएको नेपाल उद्योग वाणिज्य महासंघका निमित्त महानिर्देशक गोपाल तिवारीले बताए । 


यस्तै, २ हजारभन्दा बढीको वस्तु तथा सेवा खरिदमा बिल दिन अनिवार्य पान भएको बिल हुनु पर्ने बैठकले निर्णय गरेको छ ।


भेइकल कन्साइन्टमेन्ट ट्याकिङ सिस्टम (भिसिटिएस) समस्या समाधानको लागि भने राजस्व अनुसन्धान विभागका महानिर्देशकको नेतृत्वमा निजी क्षेत्रका प्रतिनिधिसमेत रहने गरी स्थायी संयन्त्र बनाउने सहमति भएको छ ।


त्यसैगरी बैठकले खुद्रा व्यवसाय, साना व्यवसाय, किसान, दुर्गम क्षेत्रलगायतमा भिसिटिएस दर्ता गर्नु नपर्ने बैठकले निर्णय गरेको छ ।


भिसिटिएस लागू गर्दा निजी क्षेत्रलाई प्रोत्साहन गर्न राजस्व अनुसन्धान विभागले एक वर्षसम्म सहुलियत दिने छ । यसमा विभागले एक वर्षसम्मको जरिवाना मिनाह गरिदिने सहमति भएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD