काठमाडौं । निर्वाचन आयोगले हालसम्म २ लाख ९ हजार ५५२ जना नयाँ मतदाता दर्ता भएको जनाएको छ ।
आयोगका अनुसार मंगलबार मात्रै २३ हजार ६३८ नयाँ मतदाता थपिएका छन्।
मंगलबार थपिएका मध्ये १३ हजार ६६ जना पुरुष, १० हजार ५६७ जना महिला र ५ जना अन्य समूहका मतदाता रहेका छन ।
आयोगका तथ्यांक अनुसार, नयाँ मतदाता दर्ता सुरु भएयता १ लाख २२ हजार ७४० जना पुरुष, ८६ हजार ७८५ जना महिला र २७ जना अन्य समूहका नागरिकले आफ्नो नाम दर्ता गराएका छन ।
नयाँ मतदाता नामावली दर्ता कार्यक्रम कात्तिक ३० गतेसम्म चल्ने गरी तोकिएको छ । तर हाल देशभरका दर्ता केन्द्रमा देखिएको सेवाग्राहीको चाप र भीडका कारण उक्त अवधिभित्र सबै नागरिकको दर्ता नहुने सम्भावना देखिएको छ ।
त्यसैले आयोगले सरकारलाई समयावधि थप गर्न सुझाव दिएको जनाएको छ ।
Categorized in राष्ट्रिय