१५ बैशाख २०८१, शनिबार
Header

२ करोड ८८ लाख खर्च गरेर सांसदलाई ल्यापटप किन्दै सरकार


प्रकाशित: सोमबार, ३० असार २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले संघीय सांसादको लागि २ करोड ८८ लाख खर्च गरेर ल्यापटप खरिद प्रक्रिया सुरु गरेको छ। 


ब्राण्डेड ल्यापटप खरिदका लागि ललितपुरको काष्ठमण्डप एसिया इन्टरनेशनल छनौट समेत भईसकेको छ । ससांसाद सचिवालयले सांसदका लागि ३ सय ३४ वटा ल्यापटप खरिद गर्दैछ ।


सचिवालयका ल्यापटप खरिदका लागि जेठ १९ गते सार्वजनिक सूचना जारी गरी बोलपत्र आह्वान गरेको थियो । जस अनुसार काष्ठमण्डपले मूल्य अभिवृद्धिकरसहित २ करोड ८८ लाख १६ हजार १७ रुपैयाँमा बोलपत्र दर्ता गराएको थियो । 


सचिवालयले काष्ठमण्डप एसिया इन्टरनेशनलले पेश गरेको बोलपत्र स्वीकृत गरे अनुसार प्रत्येक सांसदले ८६ हजार २७५ रुपैयाँ पचास पैसाको ल्यापटप पाउने छन । 


ल्यापटपको आठौँ जेनेरशन इन्टेल कोर आइ फाइभ प्रोसेसर सहितको हुने छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD