५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

२ करोड ६० लाख नक्कली नोट सहित ६ जना पक्राउ, बागबजारमा नोट छाप्ने काराखाना भेटियो


प्रकाशित: बुधबार, २ जेष्ठ २०७५, १८ः४० बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । नक्कली नोट भेटिएको समाचार आईरहेको बेला प्रहरीले फेरि काठमाडौको विभिन्न स्थानबाट २ करोड ६० लाख ६३ हजार नक्कली रुपियाँ सहित ६ जनालाई पक्राउ गरेको छ ।

 
महानगरीय प्रहरी परिसर, काठमाडौंले यति ठुलो परिमाणमा नक्कली नोटसहित फिल्म निर्माता माधव वाग्ले, महेन्द्र बोगटी, सुजित तामाङ, सुजन तामाङलगायतलाई पक्राउ गरेको जनाएको छ ।


उनीहरुलाई प्रहरी प्रभाग, नयाँ बसपार्कको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ । वाग्लेलाई काठमाडौंको नक्शाल बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


यी नोटहरु काठमाडौं उपत्यकाको गोंगबु, धापाखेल र बागबजारबाट बरामद गरिएको हो । त्यसगैरी प्रहरी स्रोतका अनुसरा बागबजारमा नक्कली नोट छाप्ने कारखाना समेत भेटिएको बताईएको छ ।

 
यस अघि प्रहरीले चार लाख नक्कली नेपाली नोटसहित २ जनलाई ललितपुरबाट पक्राउ गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex