१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

२ अर्ब ६२ करोड ५० लाखको शेयर कारोवार


प्रकाशित: शनिवार, ६ असोज २०७५, १७ः२१ बजे
- महानगरखबर

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता बजारमा कूल १८९ कम्पनीको ९० लाख ७० हजार कित्ता शेयर खरिद विक्री हुँदा २ अर्ब ६२ करोड ५० लाखको शेयर कारोवार भएको छ । 


कारोबार रकम गत साताको भन्दा २४.९१ प्रतिशत बढी हो । गतसाता कूल १८६ कम्पनीको एक करोड दुई लाख ५५ हजार ६८० कित्ता शेयर रु दुई अर्ब १० करोड १५ लाख ६५ हजार बराबरको खरिद बिक्री भएका थिए । 


यस साता कारोबार रकमको आधारमा एनएमबी बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु १९ करोड ९० लाख ५० हजार बराबरको शेयर कारोबार भयो । यस्तै त्यसैगरी कारोबार भएको शेयर संख्याको आधारमा पनि सोही बैंक नै अग्रस्थानमा रहेको छ । सो बैंकको पाँच लाख ५३ हजार कित्ता शेयर कारोबार भएको थियो । 


यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यस्तै देवः विकास बैंकको २४ लाख ७० हजार ९२३ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex