८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

२९ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भयो एमालेको दोस्रो विधान महाधिवेशन


प्रकाशित: सोमवार, २३ भाद्र २०८२, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेकपा एमालेले दोस्रो विधान महाधिवेशन सम्पन्न गर्दै २९ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । महाधिवेशन गत भदौ २० गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको थियो । 


तीन दिनसम्म चलेको महाधिवेशनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको सांगठनिक प्रस्ताव सर्वसम्मत पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।


महाधिवेशनले आगामी ११ औं राष्ट्रिय महाधिवेशनका लागि विधान र नीति तर्जुमा गरेको छ । 


यससँगै डा. विजय सुब्बाको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग पनि निर्वाचित गरिएको छ । उक्त आयोगमा सानुराज पोखरेल उपाध्यक्ष र कुन्साङ लामा सचिव बनेका छन । 


सात वटा प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह गठन गरिएको थियो । समूहगत छलफलपछि आएका सुझावहरूलाई अध्यक्ष ओली, उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले क्रमशः राजनीतिक, विधान र सांगठनिक प्रतिवेदनका विषयमा जवाफ दिएका थिए ।


त्यस्तै, केन्द्रीय सल्लाहकार परिषद, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका अध्यक्षहरूले आफ्ना निकायका प्रतिवेदन प्रस्तुत गरेका थिए ।


महाधिवेशनले पार्टीका सचिव योगेश भट्टराईद्वारा प्रस्तुत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय समेटिएको २९ बुँदे समसामयिक प्रस्ताव पनि पारित गरेको छ ।


२९ बुँदै पस्ताव विस्तृतमा हेर्न क्लिक गरौं

asteriskhubs
Home Page Bottom Second


maharjan complex