२४ बैशाख २०८१, सोमबार
Header

२९ औं महानगर दिवस सैनिक मञ्चमा मनाउने 


प्रकाशित: शनिवार, २३ मंसिर २०८०, ०९ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले २९ औं महानगर दिवस सैनिक मञ्च टुँडिखेलमा मनाउने भएको छ । 


महानगर प्रमुख बालेन्द्र साह (बालेन) शुक्रवार बसेको महानगरको २५ कार्यपालिका बैठकमा सो बताएका हुन । 


मंसिर २९ गते महानगरले विभिन्न कार्यक्रमसहित महानगर दिवस सैनिक मञ्च टुँडिखेलमा मनाउन लागेको हो । 


यस अघिका वर्षमा महानगर दिवस बसन्तपुरको डबलीमा मनाइँदै आइएकोमा अहिलो क्षेत्रमा नो भेहकल जोन तथा साउण्ड, स्पिकर निषेध गरिएकोले स्थान परिवर्तन गरिएको प्रमुख शाहले जानकारी दिए । 


सोही अनुरूप तयारी गर्न मेयर बालेन शाहले कार्यपालिका बैठकमा वडा अध्यक्षहरुलाई आग्रह गरेका छन । 


उपप्रमुख सुनिताले यो बर्ष फरक र उर्जावान ढंगले मनाउने भएकोले सबैले सक्रिय रुपमा सहभागी भईदिन आग्रह गरिन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD