४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

२८ औं महानगर दिवस मनाउँदै काठामडौं महानगर 


प्रकाशित: आईतवार, ११ मंसिर २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले २८ औं महानगर दिवश मनाउने तयारी सुरु गरेको छ । 


आईतवार महानगरका प्रमुख एवं महानगर दिवस मुल समारोह समितिका संयोजक बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको मुल समारोह समितिको बैठकमा दिवश मनाउन उपसमितिका संयोजकहरुबाट प्रस्तावहरु पेश भएको छ । 


मंसिर २९ गते मनाईने यस दिवस सप्ताहव्यापी कार्यक्रमका साथ मनाईने भएको छ ।


सो दिवसमा नागरिकहरुलाई सहभागी गराउन कमलाक्षीदेखि बसन्तपुर, जयबागेश्वरी, हाँडीगाउँ, स्वयम्भू, बसन्तपुरलगायतका ठाउँमा कार्यक्रम सञ्चालन हुनेछन । 


कार्यक्रम प्रस्ताव गर्दा आम नागरिक, सरोकारवाला तथा विकास साझेदार, विद्यालयका विद्यार्थी र शिक्षक, जनप्रतिनिधि र कर्मचारी सबैको सहभागिता सुनिश्चित गर्न प्रयास गरिएको छ । 


प्रस्तावित कार्यक्रमहरुमा अनलाइन सेवाग्राही सर्वेक्षण, सार्वजनिक स्थल, सरकारी तथा सार्वजनिक कार्यालय, सम्पदा क्षेत्र, वडा कार्यालयसँगै नदीको विशेष सरसफाईलगायत छन् । 


महानगरको प्रतिष्ठा र गौरवसँग जोडिएका तस्विर तथा चित्रहरुको प्रतियोगितात्मक प्रदर्शनीका लागि फोटोग्राफर तथा चित्रकारहरुलाई आव्हान गर्ने कार्यक्रम पनि प्रस्ताव गरिएको छ । 


गत कार्तिक २९ गते बसेको महानगरको १० औँ कार्यपालिका बैठकले प्रमुख शाहको संयोजकत्वमा १८७ सदस्यीय मुल समारोह समिति गठन गरेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika