२ माघ २०८२, शुक्रबार
Nepal Bank AD 2082 mansir

२६ वर्षीया लुना लुइँटेल मिस नेपाल २०२५ घोषित


प्रकाशित: शनिवार, १४ भाद्र २०८२, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । २६ वर्षीया लुना लुइँटेल मिस नेपाल २०२५ बनेकी छन । 


आयोजक संस्था द हिडन ट्रेजरले आयोजना गरेको ३१औं संस्करणको मिस नेपाल प्रतियोगितामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल वल्र्डको ताज जितेकी हुन । 


‘मिस नेपाल वल्र्ड २०२४’ आश्मा कुमारी केसीले लुनालाई मिस नेपाल वल्र्ड २०२५ को ताज पहिर्याइदिइन ।


स्कुबा डाइबरसमेत रहेकी लुना १७ वर्षको उमेरमै अस्ट्रेलिया गएकी थिइन र हाल ‘युनिभर्सिटी अफ सिड्नी’बाट पब्लिक हेल्थमा स्नातकोत्तर अध्ययनरत छिन । 


यसअघि उनी सन २०१५ मा मिस टिन नेपाल की पहिलो उपविजेता बनेकी थिइन ।


फाइनलमा दीपशिखा नेपाल पहिलो उपविजेता बनेर मिस नेपाल कस्मो, उरुषा भण्डारी दोस्रो उपविजेता बनेर मिस नेपाल इन्टरनेशनल र सोनी घले मिस नेपाल अर्थ २०२५ घोषित भए ।


प्रतियोगितामा अन्य उपाधि जित्नेहरूमा 


मिस कन्फिडेन्ट – प्रज्ञिका क्षेत्री


मिस टाइमलेस एलिगेन्स र रियल मिस पपुलर च्वोइस – उरुषा भण्डारी


डाबर बाटिका मिस ब्यूटिफूल हेयर – साइच्छा थापा


मिस हेल्थी स्किन – आरती थापा


बिवाइडी मिस ग्रीन भिजनरी – जग्दिश्वरी शाह


एन्बियो मिस प्रिस्टिन – प्रियांका थापा


मिस डिएचआई – लुना लुइँटेल


नेसनल लाइफ मिस इम्पावर्ड च्वोइस – दीपशिखा नेपाल


फार्मेसी फेस अफ दि इयर र मिस फोटोजेनिक – स्मृति श्रेष्ठ


एनसेल मिस ब्यूटी विथ पर्पज – श्रृष्टीकुमारी तामाङ


काठमाडौँ पोस्ट मिस इन्टेलेक्चुअल – स्रुति महर्जन


यति वुमन विथ विङ्गस – निलिमा पाण्डे


फिनालेको निर्णायक मण्डलमा मिस नेपाल २०१८ श्रृंखला खतिवडा, अभिनेत्री आना शर्मा, कान्तिपुर मिडिया ग्रुपका सीईओ महेश स्वाँरलगायत थिए।


ताज पहिरेपछि लुनाले भनिन स् “म अहिले सपना र विपनाको बीचमा छु। मिस नेपाल मेरो सानैदेखिको सपना हो र आज यो पुरा भएको छ।”

asteriskhubs
Home Page Bottom Second


maharjan complex