काठमाडौं । काठमाडौं महानगरपालिकाको २६ औं महानगर दिवस विभिन्न सम्मान तथा मृगौला बचाउ अभियान घोषणासँगै सम्पन्न भएको छ ।
सोमवार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र मृगौला बचाउ अभियानका डा. ऋषीराम काफ्ले अभियान कार्यक्रममा हस्ताक्षरण गरेका छन ।
यस कार्यक्रमबाट महानगरवासीहरुले आफ्नो मृगौलाको स्वास्थ्य अवस्थाबारे निःशुल्क परिक्षण गर्न पाउने छन । नजिकको वडा कार्यलयमा गएर मृगौला परिक्षण गर्न सकिने अभियानका डा. काफ्ले कार्यक्रमलाई सम्बोधन गर्दै जानकारी दिए ।
कार्यक्रमका सभा अध्यक्ष समेत रहेका प्रमुख शाक्यले भने,‘ महानगरवासीको स्वास्थ्यको लागि महानगरले विभिन्न अस्पतालहरुसग समन्वय गरी काम गरिरहेको सन्दर्भमा यस अभियानले पनि महानगरवासी लाभावन्दित हुने विश्वास छ ।’
सम्पदा संरक्षण, पुननिर्माण तथा सम्बद्र्धनमा पुरातत्व विभाग लगायत अन्य निकायहरु भएपनि विभिन्न कारणले काम हुन नसकेको प्रति चिन्ता प्रमुख शाक्यले चिन्ता व्यक्त गरेका छन । उनले भने, ‘ यदि महानगरले सम्पदा संरक्षणको सम्पूर्ण जिम्मेवारी पाए महानगरले पुरा गर्ने छ ।’
सो अवसरमा ज्यापु गुठी तथा खड्गी गुठीका बाजा गुरुहरलाई नगद ३० हजार सहित सम्मान गरिएको थियो भने महानगरका कर्मचारी, वडाका जनप्रतिनिधि, पत्रकारलगायतलाई सम्मान गरिएको थियो ।
सो अवसरमा महानगरले महानगरले महानगरवासीलाई दिने सेवा सम्बन्धी विषयलाई समेटेर ‘नमस्कार नमस्कर गीत’ समेत सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा प्रमुख अथिति रहेका संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले कार्यक्रमलाई सम्बोधन गर्दै देशको राजनीतिक प्रणाली स्थानीय तहको भूमिकामा निर्भर रहेको बताएका थिए ।
मन्त्री त्रिपाठीले स्थानीय तहको भूमिकामा देशको राजनीतिक प्रणाली अडिएको धारणा राखेका थिए । उनले स्थानीय तहको कामकारबाहीमा अहिलेको व्यवस्थालाई सफल बनाउने अथवा औचित्यहीन बनाउने भन्ने निर्भर हुने वताए ।
कार्यक्रमका अर्का अथिति रामवीर मानन्धरले महानगर ईतिहासलाई सम्झनु पर्ने बताउँदै महानगर दिवसको सफलताको कामना गरेका थिए ।
महानगरका कार्यकारी अधिकृत राजेश्वर ज्ञवालीले स्वागत मन्तव्य राख्दै महानगरले राखेको सर्वेक्षण बुथमा महानगरवासीको उत्साह जनक सहभागी रहेको जानकारी दिएका थिए । ३ दिनमा १७ हजार भन्दा बढिले महानगरको सेवा बारे सुझाव दिएको बताए ।
महानगरले यो बर्ष महानगरभित्रका ३० स्थानमा सर्वेक्षण बुथहरु स्थापना गरेको छ ।
महानगरपालिकाले २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष आजकै दिन महानगर दिवस मनाउँदै आएको छ ।
Categorized in स्थानिय