७ बैशाख २०८१, शुक्रबार
Header

२५ लाखमाथि कारोवार गरे तीन पुस्ते विवरण अनिवार्य


प्रकाशित: बुधवार, २५ भाद्र २०७६, २१ः३० बजे
- महानगरखवर

काठमाडौं । कुनै व्यक्ति वा संस्थाले एक पटकमा २५ लाख र बर्षमा एक करोड बढि कारोवार गरे तीन पुस्ते विवरण अनिवार्य भर्नुपर्ने भएको छ ।


असोजदेखि यो प्रावधान लागु गर्ने गरी निर्देशिका व्यवस्था गरिएको छ । सरकारले सम्पत्ति शुद्धिकरण सम्बन्धि प्रावधानलाई कडाई गर्न यो प्रावधान लागु गर्न खोजेको हो । 


‘सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा कम्पनीहरुलाई जारी गरिने निर्देशिका २०७६’ अनुसार वार्षिक १ करोडभन्दा बढीको र एक पटकमा २५ लाखसम्मको कारोबार गर्ने व्यक्ति तथा संस्थालाई ठूला कारोवारीको परिभाषामा राखेको छ । 


विवरणमा कारेवारीको नाम, ठेगाना, जन्ममितिदेखि तीनपुस्ते विवरण अनिवार्य लिनु पर्ने छ भने पेशागत विवरण, परिवारको सदस्य उच्च पदीय हैसियतमा रहे–नरहेको समेत उल्लेख गर्नुपर्ने छ । 


निर्देशिका गरिएका प्रावधान अनुसार विवरणहरु माग नगरी कारोबार गरे त्यसमा सजायको भागिदार सम्बन्धित कम्पनी हुने निर्देशिका उल्लेख छ ।  


अब कम्पनीहरुले उच्च पदस्थ व्यक्तिको पहिचान गरी उनीहरुको व्यक्तिगत विवरण नियमित रुपले अद्यावधिक गर्नुपर्छ । उच्च पदस्थ व्यक्तिको पद हेरफेर हुँदा पनि कम्पनीहरुले आफ्नो विवरणमा त्यसलाई सच्चाउनुपर्ने छ । 


कारोवार गर्ने व्यक्ति तथा संस्थाको पहिचान गर्ने काम कम्पनीहरुले आगामी असार २०७७ भित्र सक्नुपर्ने भएको छ । कम्पनीहरुले उच्च जोखिम भएका व्यक्तिको विवरण वर्षको कम्तिमा १ वर्ष अध्यावधिक गर्नुपर्ने छ । मध्यम जोखिमको २ वर्षमा १ पटक र न्यून जोखिम भएका व्यक्तिको विवरण ३ वर्षमा १ पटक अध्यावधिक गराउनु पर्ने प्रावधान समेटिएको छ ।


त्यसैगरी १० लाखसम्मको शेयर खरीदमा स्रोत अनिवार्य देखाउनु पर्ने निर्देशिकाले निर्देश गरेको छ । 


कुनै पनि कम्पनी वा व्यक्तिले १० लाख वा सो भन्दा बढीको शेयर खरीद गरेमा स्रोत खुलाउनुपर्ने छ । कुनै पनि व्यक्ति तथा संस्थाको असामान्य कारोबार देखिए व्यक्तिगत विवरण र कारोबारको विवरणसहित गोप्य रुपमा सम्पत्ति सुद्धिकरण विभागमा पठाउनु पर्ने दायित्व पनि अब सम्बन्धित कम्पनीहरुको हुने छ ।


नीति तथा कार्यविधि नबनाए अधिकतम १ करोडसम्म जरिवाना र कम्पनी खारेजीसम्मको प्रावधान राखिएको छ । ग्राहक पहिचान सम्बन्धी प्रावधान कार्यान्वयन नगरे पनि अधिकतम १ करोड जरिवाना र कम्पनी खारेज हुन सक्छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD