२७ बैशाख २०८१, बिहिबार
Header

२५ तोला चाँदीसहित ३ पक्राउ


प्रकाशित: बिहिबार, १० जेठ २०७५, १९ः३२ बजे
- जेम्सज्वेलरीखवर

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, धनुषाबाट खटिएको प्रहरी टोलीले जनकपुरबाट २५ तोला चाँदी सहित ३ लाई पक्राउ गरेको छ ।


प्रहरीले जनकपुर उपमहानगरपालिका–४ पेठियाबजार बस्ने २० बर्षीय विकाश साह, सोही उपमहानगरपालिका–१० बस्ने ४० बर्षीय श्रवण प्रसाद साह र भारत मधुवनी जयनगर बस्ने १६ बर्षीय धिरज कुमार साहलाई २५ तोला चाँदी सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । 


जनकपुर उपमहानगरपालिका–१२ स्थित भित्रि सडक खण्डमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरु सवार ज.६प ८९८० नम्बरको मोटरसाइकल चेक गर्दा विकाशले बोकेको झोलाबाट उक्त चाँदी बरामद भएको थियो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD