१५ चैत्र २०८०, बिहिबार
Header

२३ बर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुँदै


प्रकाशित: विहिवार, २३ असोज २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिवार काठमाडौं आउँदैछन । 


नेपालका लागि यो भ्रमण ऐतिहासिक र महत्वपूर्ण हुने सरकार प्रवक्ता सुचना प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन । 


सरकारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटोले चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारी पुरा भएको जानकरी दिएका छन । 


चिनियाँ राष्ट्रपतिको नेपालमा २३ बर्षपछि हुन लागेको यो भ्रमणले उच्चस्तरीय भ्रमण परिणाम, सन्देश, मित्रतामा लोभलाग्दो उचाइमा पुराउने प्रवक्ता बाँस्कोटाले विश्वास व्यक्त गरेका छन । 


भ्रमणमा चीनदेखि नेपाल रेलवे निर्माणका योजना पनि छलफलको एक एजेन्डा हुने भएको छ ।


त्यसैगरी राष्ट्रपति सि को भ्रमणको विशेष अवसरमामा आईतबार विदा दिने ÷ नदिने विषयम पनि छलफल चलिरहेको प्रवक्त बाँस्कोटाले जानकारी दिए । 


चिनियाँ राष्ट्रपति सि को भ्रमणको लागि सररकाले काठमाडौंलाई चिटिक्क बनाएको छ । सडक चिल्ला बनाएको छन भने सडकका पेटीहर रङरोगन गरेर सिंगारिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD