काठमाडौं । नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज (नारा) को आयोजनामा २२ औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज प्रतियोगिता भोटेकोसीको सुकेटेमा सम्पन्न भएको छ ।
सो प्रतियोगितामा भोटेकोशी ¥याफटिङ प्रथम, ¥याफटिङ स्टार दोस्रो र त्रिभुवन आर्मि क्लव ‘ए’ तृतिए भएका छन ।
साहसिक जलयात्रा व्यवसायीहरुको राष्ट्रिय छाता संस्था नाराले असार १० र ११ गते सो कार्यक्रम सिन्धुपाल्चोकको भोटेकोशी नदीमा सम्पन्न गरको हो ।
नेपाल पर्यटन बोर्ड र बागमती प्रदेशको संस्कृतिक पर्यटन तथा सहकारी मन्त्रालको सहकार्यमा आयोजित यस कार्यक्रममा १४ वटा ¥याफटिङ टिम सहभागी रहेका थिए भने एक टिम महिलाको सहभागिता रहेको थियो ।
त्यसैरी, कायकिङ्गमा २७ टिमको सहभागिता रहेकामा सैनिको त्रिभुन आर्मि क्लवको ३ वटा टिम सहभागी थिए ।
नाराका अध्यक्ष शिव अधिकारीले नेपालको जलयात्रा व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय स्तरको प्रतिष्पर्धात्मक जलयात्रा आयोजना गरिएको बताए ।
यस खेलमा राफ्टिङ्ग तर्फ विजयी हुने प्रथम खेलाडीले ५० हजार रुपैयाँ, दोस्रोले ४० हजार रुपैयाँ र तेस्रो खेलाडीले ३० हजार रुपैयाँको पुरस्कर को व्यवस्था गरिएको थियो ।
त्यसैगरी, कायकिङ्ग खेल तर्फ विजय हुने प्रथम खेलाडीले २० हजार रुपैयाँ, दोस्रोले १५ हजार र तेस्रो खेलाडीले १५ हजार रुपैयाँ पुरस्कार रहेको थियो । साथै मेडल र प्रमाणपत्र भने दुवै तर्फका विजयी खेलाडीले प्राप्त गरे ।
Categorized in मनोरन्जन