८ बैशाख २०८१, शनिबार
Header

२२ औं विश्वकपको उपाधि अर्जेन्टिनालाई


प्रकाशित: सोमवार, ४ पुुस २०७९, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । आईतवार राती सम्पन्न २२ औं विश्वकपको उपाधि अर्जेन्टिनाले जितेको छ । 


नेपाली समय कतारमा अनुसार राती ८ः४५ बजे अर्जेन्टिना र फ्रान्सविच सुुरु रोमाञ्चक फाईनल खेलमा बराबरी भएपछिको अतिरिक्त समयमा पनि बराबरी भएपछि पेनाल्टी सुट आउट भएको थियो ।


अर्जेन्टिनाले फ्रान्सलाई ४–२ गोल अन्तरमा हराउँदै विश्वकप उपाधि जितेको हो ।


खेलको निर्धारित ९० मिनेट २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि १–१ गोल भएपछि ३–३ गोल गरेर बराबरीमा खेल टुंगिएको थियो । 
अन्त्यमा पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेसी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले गोल गरे भने फ्रान्सका केलियन एम्बाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा अर्जेन्टिनाको पोलमा गोल गर्न सफल भए ।


अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको हो । अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो । 


फ्रान्सले यसअघि सन १९९८ र २०१८ मा विश्वकप ट्रफी जितेको थियो ।
 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD