१५ बैशाख २०८१, शनिबार
Header

२१ बैंकबाट मर्जर प्रक्रिया सुरु, स्ट्यान्डर्ड चार्टर्ड मर्जरमा नजाने


प्रकाशित: आईतबार, १९ साउन २०७६, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । विग मर्जरमा जाने प्रतिबद्धता गरेका २२ बैंक मध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले मात्र मर्जरमा जान नसक्ने घोषणा गरेका छन । 


नेपाल राष्ट्र बैंकले २१ बैंकबाट मर्जरको प्रक्रिया सुरु गर्ने जनाएको छ । चार्टर्ड बैंकले भने आफ्नो चरित्र फरक भएकाले मर्जरमा जान नसकिने धारणा राष्ट्र बैंकलाई दिएपछि २१ बैंकको मर्जर प्रक्रिया सुरु भएको हो । 


यस अघि राष्ट्र बैंकका गर्भनर डा. चिरिञ्जी नेपालले मौद्रिक नीति सार्वजनिक गरी मर्जरमा जाने बैंकका लागि विभिन्न सुविधाका प्याकेजहरु दिएका थिए । 


ग्लोबल आइएमई र जनता बैंकले मर्जरको संझौता नै गरिसकेका अवस्था छ भने अन्य बैंकहरुले जोडी खोजीरहेको छ । 


राष्ट्र बैंकका प्रबक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार प्रतिबद्धता जनाएका बैंकहरुले मर्जरमा जाने विश्वास व्यक्त गरेका छन ।  


०.१ प्रतिशतभन्दा माथि शेयर भएकाहरुको विवरण माग गरिएको भन्दै त्यसैका आधारमा मर्जर नीति तय गरिने भएको छ । मौद्रिक नीतिअघि बैंकहरुले मर्जरमा जाने प्रतिबद्धता बुझाएका बैंकहरु मर्जरमा जानुपर्ने हुन्छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD