२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

२०७९ लाई एक पटक फर्केर हेर्दा– ‘काठमाडौं महानगर’


प्रकाशित: विहिवार, ३० चैत्र २०७९, १७ः५० बजे 
- अजय खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिकाको एक बर्षको अवधि कसरी वित्यो त यसबारे थोरै चर्चा गरौ ।


२०७९ साल बैशाखदेखि चैत्र ३० गतेसम्म महानगरका गतिविधि, क्रियाकलापहरु मुख्यतः काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)मै केन्द्रित भएको भन्दा फरक नपर्ला । 


बालेनले प्रमुखको जिम्मेवारी सम्माहलेदेखिनै महानगरको कार्यहरुको चर्चा, विरोध, प्रशंसा लगायत विविध विषयमा बहस गर्दै वितेको छ । 


महानरमा देखिएको कामहरुको कुरा गर्नु पर्दा पार्किङ हटाईयो तर व्यवस्थापन गरिएन, अण्डरपास पार्किङको दुुरुपयोग भए भन्दै भत्काईने काम भयो तर फेरि त्यसको खोजविन ठप्प, धमाधम अबैध संरचनाहरु ३५ दिनको सुुचना दिएर भत्काउन थालियो तर क्षतिपुर्ति तथा व्यवस्थापनको काम भएन । 


त्यसैगरी, सडकको फुटपाथ हटाईयो तर सडकबाटै जीविकापार्जन गरेकाहरुको न राज्यले सम्बोधन गरे नत महानगरले नै । 


महानगरले फुटपाथ सडक मानिस हिड्न बनाएको हो व्यवापर गर्न होइन भन्दै फुटपाथ पसल हटाृन अभियान सुरु गरेर बाटो क्लियर गरेको छ । 


टुकुचा खोला मिचिएको भन्दै जयनेपाल हलमा टुकुचाको खोला खनियो तर त्यो काम पुरा हुन सकेन अहिले पुरातत्व विभागले सय बर्ष पुरानो कुनै पनि सम्पदा उत्खन्न गर्न पाईदैन भने मिचिएको खोला खोज्ने काम बन्द भएको छ । 


खोला किनाराको बस्ती हटाउने भन्दै महानगरले थापाथली, तीनकुनेस्थित गैरीगाउँमा अबैध संरचना हटाउने प्रयास गरेपनि असफल भएको छ । महानगरविरुद्ध वस्तीको मानिसहरु प्रतिकारमै उत्रिएपछि महानगर पछि हटेको छ ।


अहिले यहि विषयलाई लिएर सरकार (सिंहदरवार)ले महानरलाई सहयोग नगरेको भन्दै सिंहदरवार, सितल निवास, बालुवाटारको फोहोर उठाउन बन्द गरिदिएको छ । 


यतिखेर सिंहदरवार र महानगरविच शीतयुद्ध चलिरहेको छ । 


काठमाडौं महानगरले चालेको यी कदमहरुको समर्थन गर्नेहरुको जमात ठुलै छ तर विरोध गर्नेहरु पनि कम छैन । 


त्यसैले समग्र रुपमा महानगरको एक बर्ष के –के काम गरे भन्दा पनि महानगरवासीले चाहे जस्तो सुविधा, राहत पायो त भन्ने कुरा मुख्य हो ।


 
महानगरका गतिविधिहरु बुँदागत रुपमाः 


१. बैशाख ३० गते – स्थानीय निर्वाचन 


२. जेठ १३ गते– काठमाडौं महानगरपालिका प्रमुखमा बालेन्द्र साह (बालेन) र उपप्रमुखमा सुनिता डंगोल निर्वाचित घोषणा


३. भाद्र ८ गते – काठमाडौं महानगपालिका प्रमुख बालेनले महानगरभित्र रहेको अबैध संरचना भत्काउने अभियान सुरु


४. मंसिर १२ गते– काठमाडौं महानगरले थापाथलस्थित सुकुुम्बासी बस्तीमा डोजर चलाएको


५. पुस १ गते– महानगरले खुलामञ्चमा भुमिगत पार्किङ बनाउने योजनाविरुद्ध अकुपाई खुलामञ्चको टिमले महानगर गेट अगाडी विरोध प्रदर्शनसँगै उपप्रमुखलाई ध्यानाकर्षण गराएको ।


६.  माघ १५ गते – उपत्यकाव्यापी सडक विस्तार विरुद्ध संघर्ष समितिले महानगरको डोजर कारवाहीविरुद्ध प्रदर्शन


७.  फागुन ३ गते– सर्वोच्च अदाललते काठमाडौं महानगर प्रमुख लगायतका स्थानीय निकायमा निर्वाचन खर्च विवरण नबुुझाउनेहरुलाई लगाएको जरिवना रकम मिनाहको आदेश


८. चैत्र १५ र १६ गते– उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा काठमाडौंमा राष्ट्रिय न्यायिक सम्मेलनसहित ११ बुँदे घोषणापत्र जारी


९. चैत्र २४ गते – काठमाडौं महानगरले तिनकुनेस्थित गैरीगाउँस्थित सुकुुम्बासी बस्तीेमा निर्माण भएको अबैध संरचनामा डोजर चलाउने प्रयास


१०. चैत्र २५ र २६ गते– महानगर प्रमुख बालेन साहले आफ्नो समाजिक सञ्जाल फेसबुुकबाट सिंहदरवारको नेताहरुलाई सिसडोलमा डम्प गर्नु पर्ने भन्दै सिंहदरवारबाट फोहोर नउडाउने घोषणा


११ं चैत्र ३० गते – महानगर प्रमुख वालेन साहले सिंहदरवार अर्कै पालिकामा सार्न सरकारलाई सुुझाव


१२. महानरको ३० वटा वडामा डिजिटल कारोवार सुरु भएको छ ।


१३. महानगर अब कमलादीस्थित काठमाडौं प्लाजामा सरेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex