२७ बैशाख २०८१, बिहिबार
Header

२०७२ सालको महाभूकम्प, काठमाडौंका केही संरचना टेकोकै भरमा 


प्रकाशित: बुधवार, १२ बैशाख २०८१, १३ः५० बजे
- महानगरखवर

काठमाडौं । आजकै दिन गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ले काठमाडौं लगायत देशका विभिन्न जिल्लामा ठुलो क्षति पुराएको दिन । 


२०७२ वैशाख १२ गते गएको ७.८ रेक्टरस्केलको विनाशकारी भूकम्पमा परि देशभरमा ८ हजार ९७९ जनाको ज्यान गएको थियो भने गोरखा जिल्लामा मात्रै ४ सय ७१ जनाको मृत्यु भएको थियो ।


त्यसबेला काठमाडौंका धरहरा, दरवारहाईस्कुल देखि लिएर हनुमानढोकाको काष्ठमण्डपको संरचना पूर्ण रुपमा ध्वस्त भएको थियो ।


ऐतिहासिक सम्पदा काष्ठमण्डप र दरवार हाईस्कुलको पुननिर्माण सम्पन्न भएपनि धरहरा पुननिर्माण जारी छ ।

 


काठमाडौंको बसन्तपुरस्थित रहेको संस्कृतिक विश्वविद्यालयको कार्यालय, हनुमानढोकाको घर, असनको असनघर, कोरसोटीको घरहरु अझै पनि टेकोकै भरमा रहेको र अति जोखिम पनि रहेको छ ।

 
सरकारले भूकम्पबाट क्षति भएका संरचनाहरुको निर्माणको लागि बनाएको राष्ट्रिय पुननिर्माण प्राधिकरण काम पुरा गरेको भन्दै विघटन गरिसकेको छ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD