काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ मा फेल भएर पढाइ पूरा गर्न नसकेका २०५६ सालयताका परीक्षार्थीका लागि मौका परीक्षाका सुचना प्रकाशित गरेको छ ।
आइतवार बोर्डले सूचना प्रकाशन गर्दै २५ वर्षअघि ११ र १२ मा भर्ना भई फेल भएका परीक्षार्थीलाई अन्तिम मौकास्वरूप एकपटक परीक्षा दिन पाउने व्यवस्था गरिएको जानकारी दिएको छ ।
रजिस्ट्रेसन नम्बरको सुरूको अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम भएका परीक्षार्थीहरू सहभागी हुन पाउने बोर्डले प्रकाशित गरेको सुचनामा उल्लेख छ । यसर्थ २०५६ सालदेखि २०७६ सालभित्र भर्ना भई फेल भएका परीक्षार्थीहरू सहभागी हुन पाउनेछन ।
अंकन प्रणालीमा कुनैपनि विषयमा अनुत्तीर्ण भएका तथा अक्षरांकन पद्धतिमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरू सहभागी हुन पाउनेछन ।
११ र ११ दुवैमा फेल भएका परीक्षार्थीहरूले पनि परीक्षामा सहभागी हुनका लागि फाराम भर्न सक्नेछन । विद्यार्थीहरूले सम्बन्धित विद्यालयबाट मंसिर २७ गतेभित्र आवेदन फाराम भरिसक्नुपर्नेछ
परीक्षा केन्द्र र मिति आवेदन फारामको संख्या अनुसार पछि तोकिने पनि बोर्डले जनाएको छ ।
मौका परिक्षाको सुचनाः

Categorized in समाज