२७ बैशाख २०८१, बिहिबार
Header

२०१९ को लागि मिस नेपालको खोजी


प्रकाशित: आईतबार, १२ फागुन २०७५, २२ः०० बजे
- महानगरखबर

काठमाडौं । द हिडन ट्रजरले सन् २०१९ को लागि मिस नेपालको खोजी सुरु गरेको छ । 


हिडेन ट्रेजरले आईतबार राजधानीमा एक पत्रकार सम्मेलन गरेर मिस नेपालको लागि आवेदन खुला गरेको जानकारी गराएको छ । 


आयोजकका अनुासर मिस नेपालमा भाग लिन अविवाहित हुनुपर्ने तथा उमेर २० देखि २५ बर्ष र उचाई ५ फिट ४ इन्च अग्ला हुनुपर्नेछ ।


काठमाडौंसहित आठ शहरमा अडिसन हुनेछ । यस अन्र्तगत धनगढी, नेपालगञ्ज, बुटवल र पोखरामा मार्च १३–१५ मा अडिसन लिइनेछ । 


यसैगरी चितवन, वीरगञ्ज, धरान र विर्तामोडमा मार्च १७–१९ मा अडिसन लिइने पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।  


फाइनल अडिसन भने मार्च २४ मा काठमाडौंमा हुनेछ । मिस नेपालका लागि अन्य २० देखि २५ जना सहभागी अन्तिम राउन्डको लागि छनौट गरिनेछ । 


आयोजकका अनुसार उनीहरुलाई मिस हङकङ, मिस ओशियाना, मिस पोखरा, मिस पूर्वाञ्चल र मिस पश्चिमाञ्चल लगायतका सौन्दर्य प्रतियोगिताबाट विजेता भएर आएका प्रतियोगीसँग सम्मिलित गराइने छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD