काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि हालसम्म १ लाख ३६ हजार ६० नयाँ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहीबार मात्रै ११ हजार १९७ जना नयाँ मतदाता दर्ता भएका छन तीमध्ये ६ हजार ४६१ जना पुरुष, ४ हजार ७३४ जना महिला र २ जना अन्य लिङ्गका रहेका छन ।
आयोगले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने तयारी गरिरहेको छ ।
कात्तिक ३० गतेभित्र नाम दर्ता गराएका मतदाताले मात्रै आगामी निर्वाचनमा भोट खसाल्न पाउने आयोगले जनाएको छ ।
भट्टराईका अनुसार मतदाता दर्ता प्रक्रिया देशभरका जिल्ला तथा स्थानीय तहका कार्यालयमार्फत निरन्तर सञ्चालनमा छ, र आयोगले नागरिकलाई समयमै नाम दर्ता गर्न आग्रह गरेको छ ।
Categorized in राष्ट्रिय