२० बैशाख २०८१, बिहिबार
Header

१९ वडाको स्वास्थ्य केन्द्रमा कर्मचारी राख्ने निर्णय कार्यान्वयनमा अनियमिता, ३ कर्मचारी निलम्बित


प्रकाशित: मंगलवार, १७ पुस २०८०, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा १९ को स्वास्थ्य सेवा प्रर्वद्धन केन्द्रमा राखिने कर्मचारीको निर्णय कार्यान्वयनमा अनियमिता देखिएको छ । 


कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता देखिएपछि महानगरपालिकाका तीन कर्मचारी निलम्बनमा परेका छन । 


महानगर प्रमुख बालेनको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन ।


सो विषयमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको नाम समेत जोडिएपछि उनी विदामा बसेको बुझिएको छ । 


कार्यपालिका बैठकले १९ नम्बर वडाको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेपनि प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको पाइएपछि अनियमितता देखिएको हो । 


स्वास्थ्य प्रवद्र्धन केन्द्र ‘द मान्डुस फ्रान्स’ को आर्थिक सहयोगमा चलिरहे पनि यसवर्ष सहायता बन्दपछि महाननगरले सेवा सञ्चालन गरिराख्न कार्यपालिका बैठकले ५ जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो ।


यस विषयमा प्रमुख बालेन आफैले छानविन सुरु गरेको महानगर प्रवक्ता नविन मानन्धरले बताएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD