८ बैशाख २०८१, शनिबार
Header

१८ बर्षमाथि उमेर समूहका ७० प्रतिशतले लगाए कोभिडविरुद्धको पूर्ण खोप


प्रकाशित: विहिवार, २० माघ २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा १८ वर्षमाथिका उमेर समूहका ७० प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक तथ्यांक प्रकाशित गरेर सो जानकारी दिएको  हो । 


सार्वजनिक गरेको तथ्यांक अनुसार लक्षित जनसंख्या (१८ वर्षभन्दा माथि उमेर समूह) को ७०.७ प्रतिशत नागरिकले खोपको पूर्ण मात्रा लगाएका हुन । 


विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नेपालले ट्वीटरमार्फत नेपाललाई ७० प्रतिशत वयस्क जनसंख्यालाई पूर्ण खोप लगाउन सफल भएकोमा बधाई समेत दिएको छ । 


सरकारले चैत मसान्तसम्मा १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने लक्ष्य राखेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD