काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन ।
मंगलवार संसदको दुवै सदनलाई सम्बोधन गर्दै मन्त्री पुनले चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
अर्थमन्त्री पुनले बजेटको ५ प्राथमिकता तय गरिएको बताएका हुन । बजेटको ५ प्राथमिकतामा आर्थिक सुधार निजी क्षेत्रको प्रवद्र्धन, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास र पूर्वाधार निर्माण रहेको उनले जानकारी दिए ।
हेरौं पुर्णपाठः
Categorized in अर्थबजार