१४ बैशाख २०८१, शुक्रबार
Header

१६ औं आमरण अनसनका लागि डा. केसी इलाम पुगे


प्रकाशित: मंगलवार, १७ पुष २०७५, १८ः२५ बजे
- महानगरखबर

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको लागि पटक – पटक आमरण अनशन आन्दोलन चलाईरहेका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसी १६ औं सत्याग्रहको पुर्वी इलाम पुगेका छन् । 


यस अघि उनले १५ औं आमरन अनशन जुम्लामा गरेका थिए । जुम्लामा भएको अनशनमा सरकारले हस्तक्षेप गरी डा. केसीलाई काठमाडौं ल्याएको थियो । 


सरकारले सँग डा. केसीले ३ वटा माग राखेर आमरन अनशन बस्ने भएको छ ।


पहिलो बुँदामा उनले १५ औं आमरन अनशन क्रममा गत साउन १० गते सरकारसँग भएको सम्झौता कार्यान्वयनको माग गरेका छन । उनले आफूसँग भएको सम्झौता बमोजिम अक्षरस संशोधन गरेर संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्न माग गरेका छन ।


सातै प्रदेशमा मेडिकल कलेज खोल्ने काम अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना अविलम्ब खोल्न पनि केसीले माग गरेका छन । 


त्यसैगरी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनअनुसार दोषी ठहर देखिएका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्ती को माग गरेका छन् ।


दोस्रो, मागमा केसीले निर्मला पन्तको हत्यारालाई अविलम्ब कानुनको दायरामा ल्याउन माग गरेका छन । त्यस्तै प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाउन पनि माग गरेका छन ।


तेस्रो, बुँदामा केसीले सरकारको निर्णयको उल्लघंन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्न माग गरेका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD