४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

१५ हजार भोटको मतान्तरले जित्ने चिरिबाबुको दाबी


प्रकाशित: सोमवार, १२ बैशाख २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयर (प्रमुख) मा नेपाली काग्रेसबाट निर्वतमान मेयर चिरिबाबु महर्जनले उम्मेदारी दर्ता गराएका छन । 


मेयर उम्मेदवारी दिएपछि प्रतिक्रिया दिदै उनले यो पटक १५ हजार भोटको मतान्तरले निर्वाचन जित्ने दावी गरेका छन । उनले भने,‘ मेरो आकंलन चाहि मैले हरिकृष्ण व्यन्जनकारलाई यो पटक चाही १५ हजार जति भोटको मतान्तरले जित्छु भन्ने मेरा आंकलन छ ।’


आफूलाई पार्टी सभापति देउवाले मेरो कामको मूल्यांकनको आधारमा टिकट दिएको बताएका छन । ‘महानगरवासीले मेरो कामको उच्च मूल्यांकन गर्नुभयो र यो कुरा पार्टी सभापति देउवाको कानमा पनि पुग्यो र शेरबहादुर देउवाजीले मैले गरेको कामको उद्घाटन उहाँले नै गर्नु भएको छ । तसर्थ उहाँको नजरमा चिरिबाबु महर्जन काम गर्न मान्छे हो । यसले महानगरलाई राम्रो पार्छ भन्ने उहाँको ठम्माई हो ।’ उनले भने । 


यस अघि पनि मेयर पद जितेका महर्जनको प्रतिस्पर्धीमा नेकपा एमालेका हरिकृष्ण ब्यन्जनकार छन । उनले एमालेबाट महानगरको मयेर मनोनयन दर्ता गरेका छन । 


२०७४ सालको चुनावमा उनले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई चिरिबाबुले २६ मते हराएका थिए । 


सत्ता गठबन्धनबीचको सहमति महानगरको उपमेयरमा नेकपा माओवादी केन्द्रका बाबुराज वज्राचार्यले मनोनयन दर्ता गरेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika