१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

१४ दिनभित्र सिएमसी मेलम्ची नफर्के अढाई अर्व धरौटी जफतसँगै ठेक्का रद्द हुने


प्रकाशित: आईतबार, ६ माघ २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । बहुचर्चित मेलम्ची परियोजना निर्माणका ठेक्का कम्पनी सिएमसी अवको १४ दिन भित्र मलेम्ची नफर्किए ठेक्का सम्झौता रद्द हुने सरकारले जनाएको छ । 


ठेक्का सम्झौता रद्द सँगै सिएमसीको धरौटी रकम अढाई अर्व जफत हुनेछ । 


सरकारले आइतबार ठेक्का रद्द गरेको पत्र (लेटर अफ टर्मिनेसन) जारी गर्दै सरकारले ठेक्का तोडेको घोषणा गरेको हो ।


मेलम्ची खानेपानी आयोजनाका अनुसार सीएमसीलाई आइतबार नै किन ठेक्का रद्द नगर्ने भन्दै ठेक्का रद्द गर्ने आशयको जानकारी पठाइएको छ । आशाय पत्रको जवाफ यदि दुई हप्तासम्म नआए ठेक्का रद्द हुने आयोजनाका उपप्रमुख रामप्रसाद कँडेलले बताए ।

 
यस अघि ईटालियन दूतवासले आफ्नो जिम्मेवारी कम्पनीका कामदार नयाँ बर्ष मनाउन स्वदेश उडेका थिए तर उनीहरु आउने कुनै संकेत देखिएको छैन । 


मेलम्ची आयोजना प्रक्रिया फेरि सुरु गर्न ६ महिना लाग्ने अयोगले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex