काठमाडौँ । संघीय संसदको दुई सदन प्रतिनिधिसभा र राष्ट्रिय सभामा विचाराधीन अवस्थामा रहेका १५ विधेयक मध्ये १३ विधेयक पारित भएको छ ।
पारित विधेयकमा प्रतिनिधिसभामा दर्ता भई कारबाही प्रक्रिया अघि बढाइएका ९ र राष्ट्रियसभामा दर्ता भएका चार विधेयक छन् ।
दुबै सदनले शुक्रबार र शनिबार सो विधयेकहरु पारित गरेको हो ।
प्रतिनिधिसभाले पारित गरेका विधेयकहरुमा सुरक्षित मातृत्व तथा प्रजजनन सम्बन्धी विधेयक, जनस्वास्थ्य सम्बन्धी विधेयक, रोजगारीको हक, उपभोक्ता संरक्षण विधेयक, खाद्य अधिकार सम्बन्धी विधेयक, आवासको अधिकार सम्बनधी विधेयक रहेका छन् ।
त्यसैगरी भूमिसम्बन्धी विधेयक, वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक, जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय सम्बन्धी विधेयक, राष्ट्रियसभाले पारित गरेका विधेयक, बालबालिकाको हक सम्बन्धी विधेयक, वातारण संरक्षण विधेयक, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक, अपराध पीडितको संरक्षण सम्बन्धी विधेयक छन् ।
यी मध्ये दुवै सदनबाट पारित भएका विधयेक, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक र वातावरण संरक्षण विधेयक लाई प्रमाणिकारणको लागि पठाईने भएको छ ।
Categorized in समाज