४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

१३ बर्षिया बालिका विवाह गर्ने पक्राउ


प्रकाशित: शनिवार, ८ मंसिर २०७५, ११ः२० बजे
- महानगरखबर

काठमाडौं । नुवाकोट प्रहरीले प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ का पवन घर्तीलाई १३ बर्षिया बालिका विवाह गरेको आरोपमा शुक्रबार पक्राउ गरेको छ । 


गाउँकै १३ वर्षीया बालिकालाई विवाह गरी नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ल्याएर राखेको अवस्थामा २२ वर्षीय घर्तीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए । 


गत कात्तिक २७ गते बालिका हराएपछि परिवारले खोजी गर्ने क्रममा केटा पक्षले भगाएर नुवाकोट ल्याएर विवाह गरेको भन्दै दिएको किटानी जाहेरीका आधारमा घर्तीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


उनलाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि प्यूठान प्रहरीमा पठाइने नुवाकोट प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex