८ बैशाख २०८१, शनिबार
Header

१३२ यात्रु बोकेको चाईना इस्टर्न जहाजको टुक्राटुक्री फेला परयो


प्रकाशित: सोमवार, ७ चैत्र २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । १३२ यात्रु बोकेको दुर्घट्नाग्रस्त चाईना इस्टर्नको जहाजको केही टुक्राटुकी फेला परेको छ । 


साउथ चाइना मर्निङ पोष्टका अनुसार दुर्घटनास्थलमा पुगेका स्थानीयले जहाजका केही टुक्राटाक्री मात्रै फेला पारेकाले सबै मारिएको हुन सक्ने बताएको छ । 


सोमबार दुर्घटनामा परेको सो जहाजमा रहेका १२३ यात्रु र ९ जना चालक दलका सदस्य रहेको छ । चिनियाँ अधिकारीहरूले भने अहिलेसम्म मृतकको संख्याबारे औपचारिक जानकारी दिएका छैनन । 


फ्लाइटराडारको डाटाअनुसार उक्त बोइङ ७३७ जहाजमा २९ हजार फिट माथि उडिरहँदा समस्या देखिएको थियो । स्थानीयले जहाजका कारण जंगलमा आगो लागेको बताएक छन


चिनियाँ राष्ट्रपति सी चिनफिङले दुर्घटनाप्रति गहिरो दुस्ख प्रकट गर्दै उद्धारमा तदरूकताका साथ खटिन हवाई सुरक्षामा ध्यान दिन निर्देशन दिएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD