५ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

१२ वटै संसदीय समितिको सभापति चयन


प्रकाशित: शुक्रवार, ४ बैशाख २०८३, १६ः४० बजे
- महानगरखबर

काठमाडौं । संघीय संसद्अन्तर्गतका संसदीय समितिहरूले शुक्रबार सभापति चयनसँगै पूर्णता पाएका छन ।

 
१२ वटा संसदीय समितिमध्ये १० समितिमा सर्वसम्मत रूपमा सभापति चयन भएका छन भने बाँकी दुई समितिमा मतदानमार्फत सभापति चयन गरिएको हो । 


हरि ढकाल राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन । 


त्यस्तै, समिक्षा बास्कोटा कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा सर्वसम्मत चयन भएकी छन ।


यसैगरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोक कुमार चौधरी, पूर्वाधार विकास समितिको सभापतिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा आकृति अवस्थी सर्वसम्मत निर्वाचित भएका छन ।


संसदीय सुनुवाइ समितिको सभापतिमाबोधनारायण श्रेष्ठ, उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सभापतिमा सुम्निमा उदास तथा अर्थ समितिको सभापतिमा कृष्णहरि बुढाथोकी पनि सर्वसम्मत चयन भएका छन् ।


त्यसैगरी सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरत खड्कासर्वसम्मत निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन पाएपछि उक्त समितिमा खड्काको एकल उम्मेदवारी परेको थियो । 


यसबीच बाँकी दुई समितिमा भने निर्वाचन भएको थियो । राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्की र नेकपाकीमदन कुमारी शाह (गरिमा)बीच प्रतिस्पर्धा भएको थियो । रास्वपाको स्पष्ट बहुमतका कारण कार्की निर्वाचित भएका हुन ।


त्यस्तै प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीकी ओजस्वी शेरचन र नेकपा एमालेका न्गगुरुप्रसाद बरालबीच प्रतिस्पर्धा भएको थियो । यसमा पनि रास्वपाको बहुमतका आधारमा शेरचन निर्वाचित भएकी हुन । 


सभापतिहरूको चयनसँगै संघीय संसद्अन्तर्गतका सबै संसदीय समितिहरूले औपचारिक रूपमा पूर्णता पाएका छन ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex