१५ बैशाख २०८१, शनिबार
Header

१२ वटा अस्पतालसँग कोभिड उपचारको लागि महानगरको सम्झौता


प्रकाशित: शनिवार, १ जेठ २०७८, १५ः०० बजे
- अजय खड्गी

काठमाडौँ । काठमाडौं महानगरपालिकाले १२ वटा अस्पतालसँग कोभिड उपचारको लागि सम्झौता गरेको छ । 


महानगरले शनिवार ३ वटा अस्प्ताल सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालसँग सम्झौता गरेका छ । 


सम्झौता अनुसार सहिद गंगालाल ५ थान भेन्टिलेटर, शुक्रराज ट्रपिकल अस्पताललाई १० वेडको स्टाफ अव्जर्वेसन कक्ष स्थापनाका लागि करीब ११ लाख रुपैयाँ नगद र १० हजार थान अट्राक्टस किट खरिद गर्दाको बिलबमोजिम भुक्तानी गर्नुपर्ने रकम बराबर अनुदान सहयोग हुनेछ ।


शुक्रवार महानगरले ७ वटा अस्पताल वीरेन्द्र सैनिक अस्पताल, छत्रपाटी निःशुल्क चिकित्सालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, निजामति कर्मचारी अस्पताल, महेन्द्र नारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, र जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौँ मोडल अस्पतालसँग सहयोग सम्झौता गरेको थियो । 


बैशाख २४ गते १  र २७ गते १ वटा गरी १२ वटा अस्पतालसँग कोभिड उपचारको लागि सम्झौता गरेको जनाएको छ । 


सम्झौताअनुसार महानगरको लगानीमा सामाखुशीमा रहेको राधा स्वामी सत्संग ब्यासको भवनमा महानगरपालिकाको अक्सिजन सहितको २ सय वेडको आईसोलेसन केन्द्र र छत्रपाटी निःशुल्क चिकित्सालयमा ३५ वेडको कोविड अस्पताल सञ्चालन हुनेछ । 


त्यसै गरी विभिन्न अस्पतालहरुले ४२ वटा भेन्टिलेटर, ५० थान मोनिटर, १० थान कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप), १० थान वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन ९वी—प्याप०, १० हजार थान अट्राक्सन किटसहित उपकरण प्राप्त गर्नेछन । यसैगरी स्टाफ अब्जर्वेसन, भौतिक संरचना मर्मत सम्भार र व्यवस्थापनका लागि आर्थिक अनुदान प्राप्त गर्नेछन ।


महानगरले यस अघि बैशाख २४ गते सम्झौता गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई २५ गते १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ । त्यस्तै बैशाख २७ गते नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको एचडीयु (हाइ डिफिसेन्सि युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन सम्झौता भइसकेको छ ।


यस अघि महानगरले सरकारी र सामुदायिक अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर बढ्दो कोविडको संक्रमणविरुद्ध लड्न कस्तो सहयोग आवश्यक पर्छ भनेर सोधेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD