२३ बैशाख २०८१, आइतबार
Header

१२ राजनीतिक दलले पाए चुनाव चिन्ह


प्रकाशित: आइतवार, १ पुस २०८०, १७ः५० बजे
- महानगरखवर

काठमडौं । राष्ट्रिय सभा निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका १२ राजनीतिक दलहरुले चुनाव चिन्ह पाएका छन । 


आइतबार बसेको आयोगको बैठकले ती राजनीतिक दलहरूलाई चिन्ह प्रदान गरेको प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 


अगामी माघ ११ गते हुन गईरहेको राष्ट्रिय सभा चुनवाको लागि  प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी चुनाव चिन्ह प्रदान गरेको आयोगले जनाएको छ । 


नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी)ले चुनाव चिन्ह प्राप्त गरेका हुन । 


त्यसैगरी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले चुनाव चिन्ह प्राप्त गरेका छन । 

 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD