२४ बैशाख २०८१, सोमबार
Header

१२१ जना नयाँ कोरोना संक्रमित थपियो


प्रकाशित: आईतवार, २६ असार २०७९, १५ः५० बजे
- महानगरखवर

काठमाडौं । पछिल्लो केहि दिन यता कोरोना संक्रमितको संख्या बढ्ने क्रम छ । 


पछिल्लो २४ घण्टामा ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


जसमध्‍ये १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको हो । 


योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन ।


आइबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ९५६ पुगेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD