११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

१० लाख सरल कर्जा लिने युवाले पुस मासान्तभित्र व्यवसायिक प्रस्ताव पेश गरिसक्नु पर्ने


प्रकाशित: विहिवार, ६ मंसिर २०७५, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । विदेशबाट फर्केका युवाले सरकारले प्रदान गर्न लागेको १० लाख सम्मको सरल कर्जा लिन आगामी पुस मसान्तभित्र व्यवासायिक प्रस्तावसहित निवेदन पेश गरिसक्नु पर्नेछ । 


वैदेशिक रोजगारीबाट फर्केका युवाले आर्जन गरेका ज्ञान, सीप, अनुभव र पूँजीलाई सदुपयोग गर्दै मुलुकको विकासमा लगाउन सरकारले सरल कर्जा प्रदान गर्न लागेको हो । 


वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले स्वदेशमै पेशा, व्यवसाय/उद्यम गर्न इच्छुक युवालाई व्यावसायिक प्रस्ताव पेश गर्न आह्वान गरिएको बताएको छ । 


पुस मसान्तभित्र बोर्डको सचिवालयमा १० लाख लिन इच्छुक युवाहरुले निवेदन पेश गर्नु पर्ने कार्यकारी निर्देशक श्रेष्ठले बताए । 


सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमा विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित रु १० लाखसम्मको ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex