काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्ने आउने बताएका छन ।
बुधवार काठमाडौमा आयोजित आमसभलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डले बताएका हुन ।
प्रचण्डले भने, ‘केपीजी देख्नुभयो, सभा कस्तो हुन्छ । विरोध र प्रदर्शन कस्तो हुन्छ ? जनताको पीडा बुझ्नुभएन भने सिंहदरबार र बालुवाटार घेर्न आउँछन्। जरूरी पर्यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्नेछौं ।’
उनले जनताको भावना नबुझने दश लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्न आउन नपरोस भनेर चेतावनी पनि दिएका छन ।
प्रचण्डले जनताको जनमतलाई वेवास्ता गरेर सर्वोच्चले फैसला गरे देशमा आँधीहुरी आउने अनि देशमा फेरि शान्तिपूर्ण क्रान्ति हुन्छ, ग्रिन रिभोल्युसनु हुने बताए ।
आमसभामा देशका विभिन्न जिल्लाबाट हजारौंको संख्यमा मानिसहरु सहभागी हुन आएका थिए । भृकुटीमण्प छिर्ने बाटैमा स्टेज बनाएर गरिएको आमसभामा मानिसहरुको व्यापक सहभागिता रहेको थियो ।
मानिसहरु रत्नपार्क, सहिदगेट, बसपार्क, घण्टाघरका सडकमा वसेर नेताहरुको सम्बोधन सुनेका थिए । आमसभालाई अध्यक्ष माधव नेपाल, नेता नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, नेतृ रामकुमारी झाक्री, रामचन्द्र झा लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा प्रचण्ड–माधव समूले उक्त कदम असंबैधानिक भएको भन्दै विरोधसभाहरु गर्दै आएका छन । यस अघि माघ ९ गते पनि सभा गरेका थिए ।
Categorized in राष्ट्रिय