२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

१० लाख बढी नयाँ मतदाता थपिए


प्रकाशित: सोमवार, ७ पुस २०८२, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । यसपटक १० लाख १६ हजार ७५४ जना नयाँ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ ।


थपिएका यी १० लाखभन्दा बढी मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलोपटक मतदान गर्ने आयोगले जनाएको छ ।


अघिल्लो निर्वाचनको तुलनामा यसपटक मतदाताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । निर्वाचन आयोगका अनुसार २०७९ सालको निर्वाचनको तुलनामा मतदाता संख्या ५.६५ प्रतिशतले बढेको हो ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा प्रस्तुतीकरण गर्दै निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाताको संख्यामा वृद्धि भएको जानकारी दिएका हुन । 


आयोगका अनुसार हाल देशभर कुल मतदाता संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको छ । 


२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता रहेका थिए ।

 

तस्वीरः फाइल फोटो
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex