८ बैशाख २०८१, शनिबार
Header

१० लाख डोज कोभिसिल्ड खोप काठमाडौं आईपुग्यो


प्रकाशित: शनिवार, २३ असोज २०७८, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । सरकारले भारतसँग खरिद गरेको १० लाख कोभिसिल्ड खोप शनिवार काठमाडौं ल्याईएको छ । 


गत फागुनमा भारतसँग खरिदका लागि अग्रिम रकम बुझाएको १० लाख डोज कोभिसिल्ड खोप बल्ल नेपाल आइपुगेको हो । 


भारतको सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी गरेकोमा १० लाख डोज खोप आएको थियो भने बाँकी १० लाख डोज खोप आउन बाँकी थियो । 


कोभिडको दोस्रो लहर सुरु भएपछि भारतले उक्त परिणामको खोप आयात बन्द गरेको थियो । खरिद गरेको सात महिनापछि बाँकी १० लाख डोज काठमाडौं पुगेको हे । 


खरिदको खोप आएपछि मन्त्रालयले उक्त कोभिसिल्ड खोप एस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दिने तयारी गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD