२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

१० करोडको लागतमा तामाङ सङ्ग्रहालय बन्ने तयारी


प्रकाशित: बुधवार, २ माघ २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकामा १० करोडको लागतमा तमाङ राष्ट्रिय सङ्ग्रहालय बन्ने तयारी गरेको छ । 


सङ्ग्रहालयका लागि तेमाल गाउँपालिका–७ स्थित सिङ्दान डाँडामा तेमाल गाउँपालिकाको हालैको बैठकले सङ्ग्रहालय बनाउने प्रस्ताव पास गरेको हो । 


सङ्ग्रहालय निर्माणका लागि प्रारम्भिक चरणमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट सांसद बमध्वज तामाङले रु ५० लाख विनियोजन गरेको छ भने प्रदेश नं ३ का प्रदेशसभा सदस्य रत्न ढकालले गुम्बा, भ्यूटावर र सङ्ग्रहालयका लागि रु ५० लाख विनियोजन गरेको छ । 


तेमाल क्षेत्रमा निर्माण गर्न लागिएको सो सङ्ग्रहालयमा तत्कालीन राजा रेञ्जेन दोर्जेको समयमा भएका युद्धका सामग्रीका अवशेष तथा तामाङ समुदायका व्यक्तिको जन्मदेखि मृत्युसम्मको मौलिक संस्कार झल्किने सामग्री राखिने इतिहासविद् लीलाबहादुर तामाङले जानकारी दिए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex