१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

१० अर्ब रुपैयाँ पूँजी भएका उद्योगलाई प्रदेशबाटै स्विकृती


प्रकाशित: बुधवार, १७ असोज २०७५, ११ः५० बजे
- महानगरखबर

काठमाडौ । सरकारले १० अर्ब रुपियाँ पुँजी लगानी भएका उद्योगलाई प्रदेश स्तरबाटै स्विकृती दिने तयारी भएको छ । 


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गरिएको विभिन्न चरणको छलफलमा १० अर्ब रुपैयाँसम्म पूँजी भएका उद्योगलाई प्रदेशस्तरीय बोर्डबाटै स्विकृती दिन सक्ने गरी ऐन बनाउन लागिएको हो । 


उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहका अनुसार १० अर्ब रुपैयाँसम्मको लगानी प्रदेशस्तरीय वोर्डबाट स्विकृत गर्ने गरी छलफल भएको छ । 


अहिले १० करोड रुपैयाँसम्मको लगानी घरेलु तथा साना उद्योग विभागले स्विकृत गर्ने, १० करोड रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्मको लगानी भए उद्योग विभागले र २ अर्ब रुपैयाँभन्दा बढी १० अर्ब रुपैयाँभन्दा सानो लगानी भए औद्योगिक प्रवद्र्धन बोर्डले स्विकृत गर्ने व्यवस्था छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex