२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

होस्टेल सञ्चालनको लागि महानगरको अनुुमति अनिवार्य


प्रकाशित: आइतवार, २४ असार २०८०, १९ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरभित्र छात्रावास (होस्टेल) सञ्चालनको लागि महानगरको अनुमति अनिवार्य रुपमा लिनु पर्ने भएको छ ।


महानगरले असार ५ गते जारी गरको मापदण्ड अनुसार अबदेखि छात्रावास सञ्चालनको लागि महानगरले तोकेको व्यवस्था अनुसार हुनेछ । 


छात्राबास (होस्टेल) लाई व्यवस्थित, मर्यादित, सुरक्षित र पारदर्शी बनाउन तथा छात्राबासमा बस्ने विद्यार्थीहरु र सञ्चालकको अधिकतम हित गराउन जारी गरिएको छात्राबास सञ्चालन सम्बन्धी मापदण्ड २०८० ले यस्तो व्यवस्था गरेको हो ।


छात्राबास (होस्टेल) सञ्चालन गर्न कार्ययोजना, प्रतिवद्धतासहितको निवेदन, वडाको शिफारिस, छात्राबास राख्ने भवनको नक्सा र नक्सा पास प्रमाण पत्र, निर्माण सम्पन्न प्रमाण पत्रसहित कागजातसहित दर्ता प्रक्रियाका जानु पर्छ । 


आफ्नै घरमा आफैँले सञ्चालन गरेको जग्गाको लालपूर्जा र भाडामा भवन लिएको भए सम्झौताको प्रतिलिपि बुझाउनुपर्छ । स्थलगत अनुगमन तथा वस्तुस्थितिको जाँचपछि महानगरपालिकाको शिक्षा विभागले सञ्चालन अनुमति दिनेछ । 


छात्रावास सञ्चालनको लागि चाहिने पूर्वाधारहरु शौचालय, भान्छा घर, पानीको आपूर्ति, विद्युत, प्रत्येक छात्रछात्राका लागि पलङ्, दराज र टेबल फोहोरमैला व्यवस्थापन तथा सरसफाइको प्रबन्ध हुनुपर्छ । 


कोठाहरु फराकिला, खुल्ला हुनुपर्छ । कोठामा पर्याप्त प्रकाश हुनुपर्छ । हावा दोहोरो आउने जाने हुनुपर्छ ।


त्यसैगरी, आगलागी जस्ता सम्भावित विपद व्यवस्थापनका लागि फायर इस्टीङ्ग्वीसर लगायत सामग्री तथा उपकरण, प्राथमिक उपचारको लागि सामग्री हुनुपर्छ । कोठा र शौचालयबाहेक अन्य स्थानको निगरानीका लागि सीसीटिभी क्यामरा जडान गर्नुपर्छ । 


हुलदंगा हुने, प्रदुषण हुने ठाउँमा छात्राबास राख्न हुँदैन । छात्र र छात्राका लागि सञ्चालन गरिने भवन आमनेसामने हुनुहुँदैन । एकबाट अर्कोको दुरी कम्तीमा २ सय मिटर हुनुपर्नेछ । 


महानगरपालिकाले तोकेको आकारमा स्पष्ट देखिने गरी परिचय पाटी, बस्ने छात्रछात्राको हालसालै खिचेको तस्विर, पहिचान देखिने सरकारी कागज राख्नुपर्छ । 


कोठाभित्र मदिराजन्य, लागू पदार्थ, सूर्तिजन्य पदार्थ ओसारपसार, विक्री वितरण र प्रयोग गर्न पाइँदैन । सञ्चालकबाट अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने भएकोले उमेर ३० बर्ष पूरा भएको हुनुपर्नेसाथै असम्बीधत व्यक्तिको प्रवेश निषेछ हुनुु पर्ने छ।  

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex