२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

होलीमा २४ जना प्रहरी नियन्त्रणमा, १४३ सवारी साधान होल्ड


प्रकाशित: विहिवार, २९ फागुन २०८१, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंमा होली मनाउने क्रममा उच्छृंखल गतिविधि गर्ने २४ जनालाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी परिसर काठमाडौंका अनसार अपराह्न ४ बजेसम्म २४ जना पुरूषलाई नियन्त्रणमा लिइएको हो । 


होलीलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न र गराउनका लागि बिहीबार काठमाडौंमा ट्राफिक  र जनपद गरी  २ हजार ७ सय भन्दा बढी प्रहरी परिचालन भएका थिए।


त्यस्तै चारपांग्रे र दुई पांग्रे गरी १४३ वटा सवारी साधनलाई होल्ड गरिएको मध्ये ९९ सवारीसाधनलाई होल्डमै राखेर बाँकीलाई प्रक्रिया पुर्‍याएर छाडिएको छ । 


होल्डमा रहेका १३८ दुई पांग्रेमध्ये ४२ वटा सवारी साधन छाडिएको छ भने  ५ वटा चार पांग्रे सवारी साधनमध्ये एउटा मात्रै छाडिएको छ।

 

13 March 2025, Thursday

asteriskhubs
Home Page Bottom Second


maharjan complex