५ कार्तिक २०८३, बुधबार
Binod Yojesh Ram

होलीको नाममा भड्किला कार्यक्रम नगर्न काठमाडौं प्रशासनको आग्रह


प्रकाशित: मंगलवार, २७ फागुन २०८१, १७ः०८ बजे
- महानगरखवर

काठमाडौं । होलीको नाममा भड्किला कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले सचेत गराएको छ ।


प्रशासन कार्यालयले मंगलवार एक विज्ञप्ती जारी गरी सामाजिक सद्भाव र भाइचारा कायम गर्दै होली मनाउन अनुरोध गरेका छन् ।


साथै कसैको इच्छा विपरीत रंग दल्ने, पानी वा लोला हान्ने काम नगर्न पनि आग्रह गरेको छ ।


‘विगतको तुलनामा हालैका वर्षहरूमा होली पर्व मनाउने नाउँमा अनावश्यक तडक भडक सहितका विभिन्न खर्चिला/भड्किला कार्यक्रमहरू हुने गरेको पाइएको छ,’ कानुनी व्यवस्था सम्झाउँदै प्रवक्ता पौडेलले विज्ञप्तिमा लेखेका छन्, ‘सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ ।’ जारी विज्ञप्तीमा उल्लेख छ । 


‘तसर्थ चाडपर्वहरुको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी कसैको इच्छा विपरीत पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, रंग एवम् पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबरजस्ती रङ दल्ने, अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यान समेत जान सक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न/नगराउन सबैमा अनुरोध छ,’ विज्ञप्तिमा लेखिएको छ ।


आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन् नहुने गरी साँस्कृतिक पर्व मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले मनाउन काठमाडौं प्रशासनले अनुरोध गरेको छ ।

 
तर कोही कसैले अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवम् गैरकानूनी क्रियाकलाप गरेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।


फाइल तस्वीर

 

11 March 2025, Monday

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika