काठमाडौं । बुधवार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा एक जना नेपाली र चार जना चिनियाँ नागरिकको सहित ५ जनाको मृत्यु भएको छ ।
दिउँसो काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ १ बजेर ५४ मिनेटमा उडको एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइन भएको हेलिकप्टर र २ बजेर २० मिनेटमा हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेकोमा क्याप्टेन नेपाली नागरिक अरुण मल्ल भएको बुुुझिएको छ ।
हेलिकप्टरमा चिनियाँ नागरिकहरू जुदाड टाङ, जिली, यियाद वु र जेमिङ सी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।
Categorized in राष्ट्रिय