२ जेठ २०८१, बुधबार
Header

हेलिकप्टर दुर्घटनाका मृतक ६ जनाकै शव टिचिङमा, छानविन गर्न समिति गठन


प्रकाशित: मंगलवार, २६ असार २०८०, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबै जनाको शव काठमाडौं ल्याइएको छ ।


उनीहरुको शव काठमाडौं शिक्षण अस्पतालमा लगिएको छ । दुुईवाट हेलिकप्टरबाट उनीहरुको शव पालैपालो गरी ल्याएको हो । 


मंगलबार बिहान भएको हेलिकप्टर दुर्घटनामा पाइलट चेतबहादुर गुरूङ र ५ जना यात्रुको मृत्यु भएको छ । यात्रुु सबै मेक्सिकन नागरिक हुन । 


उनीहरु माउन्टेन फ्लाइटका लागि खुम्बु क्षेत्रमा पुगेका थिए ।


यसैविच सरकारले हेलिकप्टर दुर्घटना छानबिन गर्न समिति गठन गरेको छ।


मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

 
बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन । 


आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट ५ जना मेक्सिकन नागरिक लिएर उडेको मनाङ एयरको जहाज सवा १० बजे सम्पर्कबिहीन भएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD