काठमाडौं । अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएकाहरुको शब काठमाडौं ल्याउने तयारी गरेको छ ।
शनिवार विहानैबाट वेपत्ता हेलिकप्टर नुवाकोटको जंगलमा दुर्घट्नाग्रस्त अवस्थामा भेटिएको थियो । चालक निश्चल केसीसहित ७ जना यात्रु रहेको सो हेलिकप्टरमा आनी डोल्मा बाहेक सबैको मृत्यु भएको थियो ।
शव विहान नुवाकोटको विदुर नगरपालिका ल्याएको प्रहरीले जनाएको छ ।
रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिँदै शवलाई काठमाडौँ पठाउने तयारी गरिएको बताएको छ ।
मृत्यु हुनेहरुमा जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेका थिए ।
Categorized in समाज