८ बैशाख २०८१, शनिबार
Header

हेलिकप्टर तयारी अवस्थामा राखेर मेलम्चीको सुरुङ परीक्षण गर्दै


प्रकाशित: सोमवार, १० फागुन २०७७, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । सुरक्षालाई ध्यानमा दिदै हेलिकप्टर तयारी अवस्थामा राखेर सोमवार मेलम्ची खानेपानी अयोजनाको सुरुङ परीक्षण गरिने भएको छ । 


बहुप्रतीक्षित मेलम्ची आयोजनाको खानेपानी मन्त्री मणि थापाले साढे २६ किलोमिटर लामो सुरुङमा पानी भरेर परीक्षण गर्न लागिएको हो ।


मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तका अनुसार बिहान ११ बजे सुरूङमा पानी हाल्ने कामको उदघाटन गरिने भएको छ । 


सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको उक्त सुरुङ भर्न १५ देखि २० दिन लाग्ने समितिले बताएको छ ।


वि.स. २०७६ असार सुरुङमा पानी भरेर परीक्षण गर्ने क्रममा हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट ९नं १७० फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो । 


सो कुरालाई ध्यानमा राख्दै विगतको जस्तो दुर्घटना नहोस् भनेर आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको छ । 


परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाडौंस्थित विभिन्न अस्पतालहरुसँग समन्वय गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD