काठमाडौं । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ ।
मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले विधेयक पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।
पहिलो स्थानमा राष्ट्रपति, दोस्रो उपराष्ट्रपति र तेस्रोमा प्रधानमन्त्री रहेका छन भने १७ औं स्थानमा महानगरपालिका प्रमुख, उच्च अदालतका न्यायाधिस, मुख्य न्यायाधिवक्ता, जिल्ला समन्वय समितिको प्रमुख लगायत रहेका छ ।
अन्तिम २१ औं सुचिमा नेपाल सरकारका शाखा अधिकृत एंव राजपत्राकिंत तृतिय श्रेणी वा सो सरहका अधिकृत, सहसेनानी, प्रहरी निरिक्षक, वडा अध्यक्षलगायत रहेका छन ।
सुचि विवरणः



Categorized in राष्ट्रिय