काठमाडौं । सरकारका मन्त्रिपरिषद् बैठकले विभिन्न २३ बिषयमा निर्णयहरु गरी सार्वजनिक गरेको छ ।
शुक्रवार बसेको बैठकले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी आयोगहरू बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सिफारिस समिति पुनर्गठन गरेको छ ।
बैठकले सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिलाई पुनर्गठन गरी समितिलाई पूर्णता दिएको हो ।
पशुबचशाला र मासु जाँच (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गरेको छ भने गृह मन्त्रालयअन्तर्गतका कारागार कार्यालयहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले दूरसञ्चार ऐन २०५३ को दफा ४५ को उपदफा ३ बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणलाई आर्थिक वर्ष २०८१/८२ का लागि अक्षरेपी तीन अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
Categorized in राष्ट्रिय