५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

हेरौं काठमाडौं महानगरको २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम


प्रकाशित: आइतवार, २ असार २०८१, २१ः५५ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन )ले आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्ताव पेश गरेका छन ।

 
शुक्रबार बसेको १५ औं नगर सभाको अधिवेशनमा प्रमुख बालेनले ६२ बुँदे नीति तथा कार्यक्रम प्रस्ताव पेश गरेका हुन । 


‘सांस्कृतिक सहर, समृद्ध महानगर’ को नारालाई निरन्तरता दिँदै मेयर बालेनले नीति प्रस्ताव पेश गरेका छन । 


पेश गरिएको नीति तथा कार्यक्रममा २० जना व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिने व्यवसायीलाई तीन वर्षसम्म करमा शत प्रतिशत छुट दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।


सम्पदा क्षेत्रलाई नो भेहिकल जोन बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

 
दुई सयभन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयको हकमा सेन्ट्रल किचनको अधारणा ल्याइएको छ भने दिवा खाजाका लागि डाइट प्लानको समेत परिकल्पना गरिएको छ ।    


यस्तै, विद्यार्थीलाई पढ्दै कमाउन पार्ट टाइम काम गर्न प्रबर्धन मिलाइने उल्लेख छ । 


आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन र अन्तरसम्बन्धित क्षेत्रससतिका थुप्रै कार्यक्रहरु पेश गरेका छन । 


बार्षिक नीति तथा कार्यक्रमहरुः 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex